२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सिद्धार्थ बैंकद्वारा एनपिएललाई लक्षित गर्दै आकर्षक योजना सार्वजनिक

Nada
२०८३ भदौ ३१ गते २०:५९
Shares
सिद्धार्थ बैंकद्वारा एनपिएललाई लक्षित गर्दै आकर्षक योजना सार्वजनिक

काठमाडौं : नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सरका रूपमा आबद्ध रहेको सिद्धार्थ बैंकले नयाँ ग्राहकलाई लक्षित गरीे सिद्धार्थ एनपिएल क्रेडिट कार्ड र सिद्धार्थ एनपिएल बचत खाता सार्वजनिक गरेको छ ।

ncell

सिद्धार्थ एनपिएल क्रेडिट कार्ड योजनाअन्तर्गत असोज १ गतेदेखि मंसिर २९ भित्रमा आवेदन दिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् ।

पहिलो वर्षको वार्षिक शुल्क कार्ड जारी गरेकै समयमा पूर्ण रूपमा छुट, दोस्रो वर्षदेखि, ग्राहकले अघिल्लो वर्षमा कम्तीमा तीनवटा क्रेडिट कार्ड कारोबार पूरा गरेको खण्डमा मात्र वार्षिक शुल्क फिर्ता हुने बैंकले जनाएको छ ।

सिद्धार्थ एनपिएल बचत खाता खोल्ने ग्राहकले सिद्धार्थ एनपिएल थिममा डिजाइन गरिएको डेबिट कार्ड सिद्धार्थ एनपिएल बचत खाता खोल्ने ग्राहकले सुरुवाती सुविधाका रूपमा ५ सय सिद्धार्थ रिवार्ड पोइन्ट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, असोज १ देखि कात्तिक ३० सम्मको अभियान अवधिमा, सिद्धार्थ एनपिएल बचत खातावालाहरूले अभियान अवधिमा सबैभन्दा बढी रिवार्ड पोइन्टस् पाउने शीर्ष २० सिद्धार्थ एनपिएल बचत खातावालाले गिफ्ट प्राप्त गर्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर