
काठमाडौं : नाइमा मोबिलिटी एक्स्पो २०२६ नजिकिँदै जाँदा विद्युतीय सवारीप्रति उत्साह झन् बढिरहेको छ । यही अवसरलाई अझ विशेष बनाउन एथर इनर्जी नेपालले प्रदर्शनीमा आउने सबै आगन्तुकका लागि आकर्षक मेगा गिभअवे अभियान पुनः सञ्चालन गर्ने भएको छ । यस अभियानमार्फत एक भाग्यशाली विजेताले ब्रान्ड न्यु एथर स्कुटर जित्ने अवसर प्राप्त गर्ने छन् ।
गत वर्ष एथर नेपालले आयोजना गरेको अभियानमार्फत सालिक राम कँडेल ले एथर रिज्ता जित्न सफल भएका थिए। सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र अपार मायापछि यस वर्ष पनि एथर नेपालले सामाजिक सञ्जाल अभियानलाई निरन्तरता दिएको हो ।
अब एउटा फोटो, एउटा पोस्ट र थोरै भाग्यले तपाईंलाई नयाँ एथर स्कुटरको मालिक बनाउन सक्छ । प्रतियोगितामा सहभागी हुन एथर इनर्जी नेपालका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू फलो गर्ने,नाइमा मोबिलिटी एक्सो २०२६ अन्तर्गत हल सी, स्टल सी२ मा रहेको एथर स्टलमा आउने, एथर स्कुटरसँग एउटा आकर्षक फोटो खिच्ने र उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै २एथर इनर्जी नेपाललाई ट्याग गर्ने तथा आफ्ना दुई जना साथीलाई पनि ट्याग गर्नु पर्नेछ । यी चार चरण पूरा गरेपछि सहभागी स्वतः लक्की ड्रमा समावेश हुनेछन् । जहाँबाट एक भाग्यशाली विजेताले ब्रान्ड न्यु एथर स्कुटर जित्ने छन् । तर एथर को अनुभव यतिमै सीमित रहने छैन ।
यस वर्षको एथर स्टललाई आगन्तुकहरूले विद्युतीय सवारीको भविष्यलाई नजिकबाट अनुभव गर्न सकून् भन्ने उद्देश्यले विशेष रूपमा तयार गरिएको छ । यहाँ आगन्तुकहरूले एथरका नवीनतम प्रविधि, स्मार्ट फिचरहरू तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधानहरू प्रत्यक्ष अनुभव गर्न पाउनेछन् । साथै, विभिन्न अन्तरक्रियात्मक डेमो र आकर्षक गतिविधिहरूमार्फत एथर किन बजारको अग्रणी विद्युतीय स्कुटर ब्रान्डमध्ये एक हो भन्ने अनुभव पनि लिन सकिने छ ।