२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सिजी डिजिटलले फेर्दैछ विद्युतीय सामग्री खरिदको अनुभव

Nada
२०८३ साउन २० गते १२:३९
Shares
सिजी डिजिटलले फेर्दैछ विद्युतीय सामग्री खरिदको अनुभव

काठमाडौं : केही वर्षअघिसम्म घरायसी विद्युतीय सामग्री किन्दा 'सबैभन्दा सस्तो कुन हो ?' भन्ने प्रश्न गर्ने नेपाली उपभोक्ताको सोच अहिले बदलिएको छ । पछिल्लो समय उपभोक्ताहरू केवल मूल्यमा मात्र नझुक्की गुणस्तर, प्रविधि, ऊर्जा खपत, वारेन्टी र बिक्रीपछिको सेवासमेत तुलना गरेर निर्णय लिन थालेका छन् ।

ncell

उपभोक्ताको यही बदलिँदो आवश्यकतालाई मध्यनजर गर्दै देशभर २८ वटा सिजी डिजिटल तथा एलजी ब्रान्ड सप सञ्चालनमा रहेका छन् । यी शोरुमहरू केवल सामान बिक्री गर्ने थलो मात्र नभई ग्राहकका लागि सही उत्पादन छनोट गर्न मद्दत गर्ने 'परामर्श केन्द्र'का रूपमा विकसित भएका छन् ।

सिजी डिजिटलको नेटवर्कमा ग्राहकले टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, किचन उपकरण र मोबाइल जस्ता विभिन्न सामग्रीहरू एउटै स्थानमा हेर्न र अनुभव गर्न सक्छन् । यहाँ एलजी, सिजी, टिसिएल, गोदरेज, माइडिया, क्रम्प्टन, बेको, सेन्सेइ, केन्ट, एलिका, ब्ल्याक प्लस डेकेर जस्ता प्रतिष्ठित ब्रान्डका साथै नोथिङ, मोटोरोला र एआई प्लस जस्ता मोबाइल ब्रान्डहरू उपलब्ध छन् ।

विभिन्न ब्रान्डहरू एउटै छानामुनि उपलब्ध हुँदा ग्राहकलाई मूल्य, डिजाइन र ऊर्जा दक्षता तुलना गर्न सहज भएको छ । सोरुममा रहेका बिक्री परामर्शदाताले ग्राहकको परिवारको आकार, प्रयोगको अवस्था र भविष्यको आवश्यकता बुझेर मात्र सामान सिफारिस गर्ने गरेका छन् । ठुलो परिवार र सानो परिवारका लागि फरक क्षमताका रेफ्रिजरेटर वा वासिङ मेसिन आवश्यक पर्ने हुँदा उपभोक्ताले आफ्नो जीवनशैलीअनुसार सही निर्णय लिन पाउँछन् ।

विद्युतीय सामग्रीको वास्तविक अनुभव सामान खरिद गरेपछि सुरु हुने कुरालाई मध्यनजर गर्दै सिजी डिजिटलले सेवा संरचनामा विशेष जोड दिएको छ । सिजी इलेक्ट्रोनिक्सको सेवा संयन्त्रमार्फत उत्पादन दर्ता, मर्मतको अवस्था जानकारी लिने र आधिकारिक सेवा केन्द्रमार्फत वारेन्टी सुविधा उपलब्ध गराइन्छ । सेवाका लागि टोल-फ्रि नम्बर र अन्य सम्पर्क माध्यमहरूको समेत व्यवस्था गरिएको छ ।

आजको नेपाली उपभोक्ता केवल छुट मात्र नभई सही जानकारी र खरिदपछि पनि निरन्तर साथ दिने विश्वासिलो सेवाको खोजीमा छन् । यही कारण नेपालको इलेक्ट्रोनिक्स बजार मूल्यको प्रतिस्पर्धाबाट माथि उठेर अनुभव र दीर्घकालीन सेवाको प्रतिस्पर्धातर्फ अघि बढिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर