२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

एलजी र सिजी इलेक्ट्रोनिक्सले नेपालमा भित्र्याए २०२६ को 'अफेक्सनेट इन्टेलिजेन्स' प्रविधि

Nada
२०८३ साउन १९ गते १२:४७
Shares
एलजी र सिजी इलेक्ट्रोनिक्सले नेपालमा भित्र्याए २०२६ को 'अफेक्सनेट इन्टेलिजेन्स' प्रविधि

काठमाडौं : एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सिजी इलेक्ट्रोनिक्सले संयुक्त रूपमा "एक्स्पेरियन्स एआई : अफेक्सनेट इन्टेलिजेन्स" सोकेससहित २०२६ का लागि नयाँ प्रोडक्ट लाइनअप सार्वजनिक गरेका छन् । काठमाडौंको मिनभवनस्थित एलजी ब्राण्डसपमा आयोजित एक औपचारिक कार्यक्रमका बीच एलजी इलेक्ट्रोनिक्स सिंगापुर, बंगलादेश शाखाका प्रमुख सुङहो चुनले यस प्रदर्शनीको उद्घाटन गरे ।

ncell

एलजी को नयाँ 'अफेक्सनेट इन्टेलिजेन्स' अवधारणाले परम्परागत अटोमेसनभन्दा अगाडि बढेर प्रयोगकर्ताको जीवनशैली र दैनिक बानी बुझ्ने लक्ष्य राखेको छ । ४ भदौदेखि १४ असोज, २०८३ सम्म सञ्चालन हुने यस प्रदर्शनीले प्रयोगकर्ताको आवश्यकताको पूर्वानुमान गरी घरायसी कामलाई अझ सहज बनाउने प्रविधि प्रस्तुत गर्दछ ।

कार्यक्रममा बोल्दै सुङहो चुनले भने, 'हाम्रो यो अवधारणा मानिसहरूको आवश्यकता बुझ्ने र उनीहरूलाई अर्थपूर्ण रूपमा सहयोग गर्ने सोचमा आधारित छ, जसले परिवारलाई वास्तवमै महत्त्वपूर्ण कुरामा बढी समय दिन सहयोग पुऱ्याउँछ ।'

२०२६ लाइनअपका प्रमुख विशेषताहरू :

एलजी एआई टिभी : यो टेलिभिजनले प्रयोगकर्ताको रुचिअनुसार पिक्चर र साउन्ड सेटिङ स्वतः अनुकूल बनाउँछ । यसले घरभित्रका अन्य स्मार्ट डिभाइसहरू नियन्त्रण गर्ने मुख्य 'हब' को रूपमा पनि काम गर्छ ।

एलजी एआई वासिङ मेसिन : यसमा रहेको एआई डाइरेक्ट ड्राइभ प्रविधिले कपडाको प्रकार पहिचान गरी उपयुक्त वास प्याटर्न स्वतः छनोट गर्छ । यसले पानी र डिटर्जेन्टको सही मात्रा मिलाई ऊर्जा बचतमा समेत सहयोग पुऱ्याउँछ ।

एलजी एआई रेफ्रिजेरेटर : यसले प्रयोगकर्ताको बानी विश्लेषण गरी बढी प्रयोग हुने समयभन्दा अगाडि नै कुलिङ पर्फमेन्स समायोजन गर्छ । थिनक्यु एपमार्फत 'एआई सेभिङ मोड' सक्रिय गरी ऊर्जा खपत घटाउन सकिन्छ ।

एलजी थिनक्यु : यो एउटा एकीकृत एआई प्लेटफर्म हो जसले घरका सबै स्मार्ट उपकरणहरूलाई जोड्ने र सरल व्यवस्थापन गर्ने काम गर्छ ।

नेपालमा ४० वर्षभन्दा बढी समयदेखि एलजी का उत्पादनहरू बिक्री गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले यी नयाँ उपकरणहरू देशभरका प्रमुख रिटेल आउटलेट र एलजी ब्राण्ड स्टोरहरूमा उपलब्ध गराएको छ । एलजीका यी नयाँ प्रविधिहरूले नेपाली उपभोक्ताको जीवनस्तर उकास्ने र दैनिक जीवनलाई अझ सरल बनाउने विश्वास लिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर