२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

रक्तदानसहित नीलकमलले मनायो १८औं वार्षिकोत्सव

Nada
२०८३ साउन १७ गते ०६:१०
Shares
रक्तदानसहित नीलकमलले मनायो १८औं वार्षिकोत्सव

काठमाडौं : वैदेशिक रोजगार क्षेत्रको अग्रणी संस्था नीलकमल ह्युमन रिसोर्स प्रा.लि.ले आफिनो सामीजिक उत्तरदायित्वअन्तरगतका विभिन्न कार्यक्रम गरी आफ्नो १८औं वार्षिकोत्सव मनाएको छ ।

ncell

शनिबार बिहान सिनामंगलस्थित कार्यालयमा केक काटेर १८औं वार्षिकोत्सव कार्यक्रमको शुभारम्भ गरेको उक्त कम्पनीले रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै आफ्नै कम्पनीमार्फत वैदेशिक रोजगारीका क्रममा कुवेतमा मृत्यु तथा घाइते भएका कामदारका आश्रित परिवारलाई आर्थिक सहयोग गरेको छ ।

सन् २००८ मा युवा तथा व्यावसायिक टोलीको पहलमा स्थापना भएको नीलकमल ह्युमन रिसोर्स प्रा.लि. हाल नीलकमल ह्युमन ग्रुप अफ कम्पनिजअन्तर्गत सञ्चालित छ । उक्त कम्पनी विगत केही वर्षयता धेरै कामदार पठाउने कम्पनीहरूको सूचीमा शीर्षस्थानमा रहँदै आएको छ । आर्थिक वर्ष २०८२/०८३ मा नीलकमलले ४ हजार १६ जना कामदार वैदेशिक रोजगारीमा पठाएको थियो ।

कम्पनीका अध्यक्ष मेघनाथ भूर्तेल रहेका छन् भने म्यानेजिङ डाइरेक्टर जयराम भुर्तेल, एक्जिक्युटिभ डाइरेक्टर अजय थापा, अपरेसन डाइरेक्टर सागर पौडेल र रिसोर्सिङ डाइरेक्टर जीवनाथ भुर्तेल जस्ता युवा व्यवसायी नेतृत्वमा छन् । अध्यक्ष भुर्तेल नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वमहासचिव समेत हुन् ।

अध्यक्ष भुर्तेलले बेरोजगार नेपाली युवायुवतीलाई खाडीका विभिन्न मुलुकमा आकर्षक सेवा, सुविधा र तलबसहितको रोजगारीमा पठाउन कम्पनी सफल भएको बताए । काठमाडौंको सिनामंगलमा प्रधान कार्यालय रहेको उक्त कम्पनीका झापाको बिर्तामोड, महोत्तरीको बर्दिबास, चितवन, कास्कीको पोखरा र बाँकेको नेपालगञ्जमा शाखा कार्यालय रहेका छन् । सबै कार्यालयमा गरी २ सय ७० जनाभन्दा बढीले रोजगारी पाइरहेका छन् ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका रमेशकुमार राजवंशी र सोममाया वाइवा लिम्बूका परिवारलाई आर्थिक सहयोग गरेको छ । साथै, मृतक कामदारका सन्तानलाई कक्षा १२ सम्मको शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरिएको जनाएको छ ।

लायन्स क्लब अफ काठमाडौं नीलकमलका चार्टर प्रेसिडेन्ट अध्यक्ष मेघनाथ भूर्तेल र चार्टर सेक्रेटरी भवानी निरौलासहित २६ जना लायन्स सदस्यले आयोजना गरेको रक्तदान कार्यक्रममार्फत कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सेवालाई अझ बिस्तार गर्ने जनाएको छ ।

वार्षिकोत्सवका क्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले हालसम्मको सफलताका लागि नीलकमललाई शुभकामना दिँदै उत्तरोत्तर प्रगतिको कामना गरे । अध्यक्ष खत्रीले सरकारले नीति नमिलाई वैदेशिक रोजगार क्षेत्रलाई नियमन गर्न नहुने भन्दै जबरजस्ती नियमन गरे व्यवसाय धराशायी हुने गम्भीर परिस्थिति सिर्जना हुने बताए ।

वरिष्ठ अधिवक्ता शम्भुप्रसाद निरौलाले नीलकमलका सञ्चालक तथा कर्मचारीको रातदिनको प्रयासले कम्पनी पूर्णरूपमा व्यावसायिक संस्थाका रूपमा विकसित भएको भन्दै थप व्यावसायिक भावनाका साथ अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा मध्यान्ह राष्ट्रिय दैनिकका प्रधान सम्पादक मदनकुमार श्रेष्ठ, लायन्स कोअर्डिनेटर भरत प्रसाईंलगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चारकर्मी तथा कलाकार विष्णुमाया पौडेलले सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित खबर