२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

ट्रन्क्युलिटी बन्यो नेपालको पहिलो आइएसओ प्रमाणित वेलनेस कम्पनी

Nada
२०८३ साउन १४ गते २१:३९
Shares
ट्रन्क्युलिटी बन्यो नेपालको पहिलो आइएसओ प्रमाणित वेलनेस कम्पनी

काठमाडौं : वेलनेस क्षेत्रमा छुट्टै पहिचान बनाएको ट्रन्क्युलिटी स्पाले गुणस्तर चिह्न व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र आइएसओ ९००१ः२०१५ प्राप्त गरेको छ । आइएसओ प्रमाणपत्र प्राप्त गरेसँगै ट्रन्क्युलिटी स्पा नेपालकै पहिलो तथा एक मात्र आइएसओ ९००१ः२०१५ प्रमाणित स्पा तथा वेलनेस कम्पनी भएको हो । 

ncell

युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (युआरएस)बाट ट्रन्क्युलिटी प्रमाणपत्र प्राप्त गरेको हो । 

युआरएस युकेएएस र आइएएफबाट मान्यता प्राप्त विश्वव्यापी प्रमाणीकरण निकाय हो । प्रमाणपत्रले कम्पनीले प्रदान गर्दै आएका सम्पूर्ण वेलनेस तथा ब्युटी सेवामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर ट्रन्क्युलिटी दिँदै आएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन फैजुले आइएसओ ९००१ः२०१५ प्रमाणपत्र केवल उपलब्धि मात्र नभई प्रत्येक ग्राहकप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए । उनले ट्रन्क्युलिटी स्पाको जुनसुकै शाखामा पुगे पनि ग्राहकले समान स्तरको सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, प्रमुख सञ्चालन अधिकृत रनिल फैजुले यो मान्यता वर्षौंदेखि कम्पनीले विकास गर्दै आएको प्रणाली र मापदण्डको अन्तर्राष्ट्रिय प्रमाणीकरण भएको बताए । उनले गुणस्तर, निरन्तर सुधार र सरसफाइलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे । 

१८ वर्षअघि काठमाडौंको लाजिम्पाटबाट सुरु भएको ट्रन्क्युलिटी स्पाले काठमाडौं, पोखरा, चितवन, भैरहवा तथा मलेसियाका विभिन्न प्रतिष्ठित होटलसँगको सहकार्यमा सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीले ३ सयभन्दा बढीलाई रोजगारीसमेत दिएको छ । 

यस्तै, कम्पनीको प्रशिक्षण संस्था ट्रन्क्युलिटी इन्टरनेसनल ब्युटी एन्ड स्पा एकेडेमीमार्फत हालसम्म ३ हजार ५ सयभन्दा बढी व्यक्तिले वेलनेससम्बन्धी व्यावसायिक सीप हासिल गरिसकेका छन् । ट्रन्क्युलिटीमा थेराप्युटिक मसाज, सबै प्रकारका ब्युटी थेरापी, स्टिम, सौना, ज्याकुजी, जिम, स्विमिङ पुल तथा टेनिस सुविधा रहेका छन् ।  

सम्बन्धित खबर