२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

सिजीले ल्यायो अत्याधुनिक 'मेरिडिया सिरिज'का ४ नयाँ फ्रिज, यस्ता छन् विशेषता

Nada
२०८३ साउन १४ गते १३:३६
Shares
सिजीले ल्यायो अत्याधुनिक 'मेरिडिया सिरिज'का ४ नयाँ फ्रिज, यस्ता छन् विशेषता

काठमाडौं : नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम 'मेरिडिया सिरिज' अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ 'सिंगल डोर' रेफ्रिजरेटरहरू बजारमा सार्वजनिक गरेको छ ।

नयाँ सार्वजनिक गरिएका मोडलहरूमा CGMS220DLRI, CGMS220DLBI, CGMS220LRI र CGMS220LBI रहेका छन् । यी फ्रिजहरूको ग्रस क्षमता २०० लिटर र नेट क्षमता १९० लिटर रहेको छ । आकर्षक डिजाइनका यी फ्रिजहरू लिफी वाइन र लिफी ब्लु रङहरूमा उपलब्ध छन्, जसले भान्साको शोभा बढाउन मद्दत पुर्‍याउने सिजीले जनाएको छ ।

यस्ता छन् मुख्य विशेषताहरू:

डिजिटल इन्भर्टर कम्प्रेसर : यसमा प्रयोग भएको अत्याधुनिक कम्प्रेसरले बिजुली बचत गर्नुका साथै ११० भोल्ट जस्तो कम भोल्टेजमा पनि सहज रूपमा काम गर्छ ।

उन्नत कुलिङ प्रविधि : फ्रिजभित्रको तापक्रमलाई छिटो सन्तुलनमा राख्न यसमा टर्बो कुलिङ र एडभान्स क्यापिलरी कुलिङ प्रविधि जडान गरिएको छ ।

ताजगी र भण्डारण : फलफूल र तरकारीलाई लामो समयसम्म ताजा राख्न फार्म फ्रेसनेस र धेरै सामग्री भण्डारणका लागि जम्बो भेजिटेबल ट्रे राखिएको छ ।

ड्राइ बास्केट र एप्रोन : नेपाली भान्साको आवश्यकतालाई ध्यानमा राख्दै प्याज र आलु जस्ता बाहिर राख्नुपर्ने वस्तुका लागि CGMS220DLRI र CGMS220DLBI मोडलमा छुट्टै ड्राइ बास्केट दिइएको छ । त्यस्तै, अन्य दुई मोडलमा आकर्षक एप्रोन बेस राखिएको छ ।

सबै मोडलहरूमा सुरक्षित भण्डारणका लागि लक एन्ड की को सुविधा उपलब्ध छ । सिजी मेरिडिया सिजी ब्रान्डको प्रिमियम सिग्नेचर सिरिज हो, जसले आधुनिक जीवनशैलीलाई थप सुविधायुक्त बनाउने लक्ष्य राखेको छ ।

उपभोक्ताहरूले यी नयाँ फ्रिजहरू देशभर रहेका २१ वटा सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइटहरू www.cgdigital.com.np र www.cginspiringlife.com, तथा अन्य आधिकारिक बिक्री केन्द्रहरूबाट खरिद गर्न सक्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर