२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

नेपाल एसबिआई बैंक इन्डियन च्याम्बर अफ कमर्सद्वारा सम्मानित

Nada
२०८३ साउन ११ गते २१:२९
Shares
नेपाल एसबिआई बैंक इन्डियन च्याम्बर अफ कमर्सद्वारा सम्मानित

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेड इन्डियन च्याम्बर अफ कमर्सद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गरिने चार प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएकोे छ । बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट कमर्सियल बैंक’ विधामा उक्त सम्मान प्राप्त गरेको हो ।

भारतको नयाँ दिल्लीमा इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द तथा वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले उक्त पुरस्कारहरू ग्रहण गरेका थिए ।

यी अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारहरूले बैंकको व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तरता तथा नाफामुखी कार्यसम्पादनमा देखिएको नतिजा र साना तथा मझौला उद्यमको प्रवर्धनमा बैंकको दृढ संकल्पको प्रतिबद्धतालाई जोड दिन्छ ।

यस अवसरमा निरन्तर विश्वासका साथ सहकार्य गर्ने सेयरधनी तथा ग्राहकमा बैंकले आभार व्यक्त  गरेको छ । नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

ताजा खबर

सम्बन्धित खबर