२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

एनआइसी एसिया बैंकद्वारा सुर्खेतस्थित सिद्ध बहिरा बालक र दाङस्थित आधारभूत विद्यालयमा सहयोग

Nada
२०८३ साउन ३ गते १३:४९
Shares
एनआइसी एसिया बैंकद्वारा सुर्खेतस्थित सिद्ध बहिरा बालक र दाङस्थित आधारभूत विद्यालयमा सहयोग

काठमाडौं : एनआइसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीरेन्द्रनगर–८ सुर्खेतस्थित श्री सिद्ध बहिरा बालकको स्कुल र घोराही उप–महानगरपालिका–१८, दाङस्थित श्री आधारभूत विद्यालय गिठेपानीका विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै सहयोग आवश्यकता भएका गरिब तथा विपन्न विद्यार्थीका लागि विद्यालय पोसाक, झोला र शैक्षिक सामग्री प्रदान गरेको छ । 

फरक क्षमता भएका ११५ जना विद्यार्थीहरू अध्ययनरत रहेको श्री सिद्ध बहिरा बालकको स्कुलमा एक कार्यक्रमकाबीच यस बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले उक्त विद्यालयका प्रधानाध्यापक चिन्तामणि कँडेललाई विद्यार्थीहरूलाई हस्तान्तरण गर्नेगरी ११५ थान विद्यालय पोसाक प्रदान गरे ।

त्यसैगरी, २७७ भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत श्री आधारभूत विद्यालय गिठेपानीमा बैंकका घोराही सर्कल हेड विनोदप्रसाद जैसीले उक्त विद्यालयका प्रधानाध्यापक गिरीप्रसाद भट्टराईलाई विद्यार्थीहरूलाई प्रदान गर्नेगरी विद्यालय पोसाक, झोला र विभिन्न शैक्षिक सामग्री हस्तान्तरण  गरे । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी र बैंकका तर्फबाट बैंकका कर्मचारीको उपस्थिति थियो ।

बैंकले श्री सिद्ध बहिरा बालकको स्कुलका विद्यार्थीलाई उपलब्ध गराएको सहयोगले फरक क्षमता भएका विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता हुने र श्री आधारभूत विद्यालय गिठेपानीका विद्यार्थीलाई उपलब्ध गराएको सहयोगले उक्त विद्यालयका गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर