२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

प्राज्ञ खनालको ‘थाङ्नू’ लघुकथा संग्रह लोकार्पण

shivam cement
मध्यान्ह
२०८१ साउन २७ गते २१:२३
प्राज्ञ खनालको ‘थाङ्नू’ लघुकथा संग्रह लोकार्पण

सुनसरी : नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रा.डा.खेमराज खनाल ‘कलम सौखिन’द्वारा लिखित नवीनतम् लघुकथा संग्रह ‘थाङ्नू’को लोकार्पण भएको छ । अखिल नेपाल लेखक संघ(कोसी) १ नम्बर प्रदेश समितिद्वारा आयोजित एक समारोहमा ‘थाङ्नू’को लोकार्पण गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ प्रगतिवादी स्रष्टा भानु भण्डारीले उक्त कृतिको लोकार्पण गरेका थिए । उनले प्राज्ञ खनालको ‘थाङ्नू’ लघुकथा संग्रहलाई समाजमा व्याप्त रहेका अनेकौं बेथितिविरुद्ध उभ्याइएको छ । लघुकथाकारले प्रगतिशील स्वरलाई मुखरित गर्दै प्रतिरोधी चेतनालाई सशक्त पारेको बताएका थिए । 

जनसांस्कृतिक महासंघ केन्द्रीय सचिवालय सदस्य, जनसांस्कृतिक महासंघ प्रदेश अध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले पठाएका कार्यक्रम सफलताको शुभकामना वाचन गरिएको थियो ।

लघुकथाका लेखक एवम् अखिल नेपाल लेखक संघ प्रदेश एक (कोसी) का अध्यक्ष खनालले आफूले भोग्नुपरेका जीवनका अनेकौँ पाटाहरू मिहिन ढंगले केलाएर आफूले ‘थाङ्नू’ लघुकथा संग्रह प्रकाशनमा ल्याएको बताए । 

उनले न्याय, समता र रूपान्तरणको पक्षमा लघुकथा रचेको दाबी गर्दै प्रगतिवादी कथा सिर्जनामा तल्लिन रहेको उल्लेख गरेका थिए । 

उक्त लोकार्पित कृति ‘थाङ्नू’ का बारेमा डा. पुष्पलाल न्यौपानेले लघुकथाले समाजका कतिपय पक्षलाई उधिनेर क्रान्तिकारी र अग्रगामी चेतलाई आत्मसात् गरेको बताए । 

उनले कृति पठनीय ,सरल र सहज रहेको उल्लेख गरे । 

कार्यक्रममा अखिल नेपाल लेखक संघ प्रदेश नम्बर एक (कोसी)ले भाषा ,साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका १२ जना साहित्यिक प्रतिभालाई सम्मानित गरेको थियो । उक्त सम्मान प्रमुख अतिथि भानु भण्डारीले प्रा.डा. खेमनाथ दहाल, मचिन्द्र खत्री,डमरुवल्लभ भण्डारी, गोविन्द तिम्सिना, अनु विज्ञाति, गोपाल देवान, महेश श्रेष्ठ, पुष्प ढुंगाना,तारा लामगादे, पेमा लामा,नरेश थुलुङ र शारदा दहाललाई प्रदान गरिएको थियो। 

कार्यक्रममा बम देवान, प्रा. डा. भोलानाथ पोखरेल, अम्बिका शाक्य, मनि राई गोठाले, पिपी कोइराला, अच्युत पराजुली, हिक्मत खड्का, सुजाता वन, प्रफुल्ल भण्डारी, टीका मिलन, कृष्ण गौतम, प्रियांसी पोखरेल, शशीकुमार विश्वकर्मा, राजन निरौला, देवु अत्री, गणेशकुमारी राई, लोचन भण्डारी, जनकऋषी राई र केशव सुनाम लगायतले रचना वाचन गरेका थिए । 

कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष विमला पोखरेलले र सचिव सुधीर केसीले स्वागत मन्तव्य राखेका थिए । संघमा रिक्त रहेको उपाध्यक्ष पदमा ओम श्रमिकलाई मनोनयन गरिएको जानकारी दिइएको थियो । कार्यक्रममा अतिथिको रूपमा जनसांस्कृतिक महासंघ झापाका अध्यक्ष राजन चापागाईं उपस्थित रहेको थियो । कार्यक्रममा आवश्यक व्यवस्थापन शोभा मिश्र खनाल,थप सहयोग माधवा खनाल भट्टराई र सृजना श्रेष्ठले गरेका थिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise