२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

कविता : वर्षातहरूमा तिमी राम्री छौ

२०८१ साउन २६ गते ०६:२५
कविता : वर्षातहरूमा तिमी राम्री छौ

–डा.सुमनकुमार रेग्मी 

(१) 
वर्षातहरूमा तिमी राम्री छौ ।
नदीहरूमा तिमी पवित्र छौ ।।
आकाशहरूमा तिमी उदार छौ ।
पृथ्वीमा तिमी शालीन छौं ।।।

(२) 
निर्दोष छन् ती बिताइक्रम ।
पवित्र छन् ती सुस्ताइक्रम ।।
हावाहरूमा तिमी शितल ।
प्रकृतिमा तिमी भाव विहल ।।

(३) 
नदीहरूमा तिमी झन्कार ।
पूmलहरूमा तिमी अलंकार ।।
सुन्दरले सधैँ बहलाउन् ।
तिमी बग्दछौं पृथ्वी सजाउन ।।

ADV

सम्बन्धित खबर