२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

कविता : चुपचाप, चुपचाप जानेहरू

shivam cement
२०८१ साउन २६ गते ०६:२०
कविता : चुपचाप, चुपचाप जानेहरू

–अनुज श्रेष्ठ ‘पृथक्’

अहिले भर्खरै रुखबाट
मेरोसामू झरेर गए केही रुखो पातहरू
पालो पर्खि बसेकाहरूलाई छाडी ।

थाहा नपाइ यसरी
कति झरेर गए’थे होलान्
त्यसको कुनै लेखा थाहा छैन ।

निर्मम नियतिको लेखाले लखेटिएर जानेहरू
यसरी नै हराएर जाँदा हुन्
चुपचाप–चुपचाप ! यता–उता ! कता–कता !
 
लाग्छ –
बेठेगान कहीँ न कहीँ – कतै न कतै
दुःखको चिहानमा पुरिएका हुन सक्छन्
या,
पुगेर कहाँ, कुन जिउँदो मृत्यु बाँचिरहेका होलान्
झरेर गएका ती पातहरू ?
कोही कसैलाई फुर्सद छैन जान्न ।

अहिले भर्खरै
फेरि एउटा सुकेको पात खसेर
सपक्क मेरो पाइतालामा टाँसिन आइपुगेको छ
थाहा छैन
कता पुगेर खस्छन् होलान्
मेरा यी फत्रक्क गलेका पाइलाहरू !

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise