२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

श्रीलंकालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

Nada
२०८३ जेठ १७ गते १९:१७
Shares
श्रीलंकालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौँ : साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । 

ncell

भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रंगशालामा आज सम्पन्न समूह चरणको आफनो अन्तिम खेलमा नेपालले श्रीलंकमाथि २–० गोलको जित निकाल्यो । नेपाल समूह ‘बी’को शीर्ष स्थान रहयो । 

दुई खेल खेलेको नेपालले शतप्रतिशत नतिजा निकाल्दै ६ अङ्कका साथ समूह विजेत बनेको हो । नेपालले समूहचरणको आफनो पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो । 

त्यसैगरी समूह ‘बी’बाट भुटान उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । भुटानले तीन अङ्क बटुल्दै प्रतियोगिताको उपविजेता बन्दै सेमिफाइनमा पुगेको हो । 

आजको खेलमा नेपालका लागि रस्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले समान एक/एक गोल गरे । रस्मिले खेलको पहिलो हाफमा गोल गरिन भने रेनुकाले खेलको दोस्रो हाफमा गोल थपिन । खेलको पहिलो हाफको अतिरिक्त समयमा रस्मिले पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै गोल गरिन् । त्यस्तै खेलको ६०औँ मिनेटमा रेनुकाले गोल गरिन् । उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । आजको हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । 

सम्बन्धित खबर