२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट

Nada
प्रचण्ड खत्री
२०८३ जेठ १५ गते १३:३७
Shares
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट

रुकुम पश्चिम : कर्णाली प्रदेशस्तरी १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट रुकुम पश्चिमका १४ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको रनिङ शिल्ड प्रतियोगिताबाट कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने गरी १४ जना खेलाडी छनोट भएका हुन् ।

ncell

सामाजिक विकास कार्यालय रुकुम पश्चिमका अनुसार सुर्खेतमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा तेस्रो हुँदै विभिन्न विधाका लागि राष्ट्रिय प्रतियोगितामा १४ खेलाडी छनोट भएका हुन् । जसमध्ये कबड्डीतर्फ बसन्त केसी, छात्र भलिबलतर्फ पुष्प खनाल, जय परियार र रक्षण महर तथा छात्रा भलिबल तर्फ धनमाया नाथ, हरिमाया ओली र कल्पना केसी छनोट भएका छन् ।

त्यस्तै तेक्वान्दोतर्फ लालबहादुर परियार र दीपक बुढा, हाइजम्प तर्फ अंगिता बिक र धनराज केसी, कबड्डी तर्फ कविता बोहरा र दिपा घर्ती मगर, शटपुट तर्फ अनन्त बिक, कराते तर्फ गणेश केसी र ज्याबलिङ थ्रो तर्फ सुशान्त नेपाली राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा जेठ २० गतेदेखि २२ गतेसम्म १६औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता काठमाडौंमा सञ्चालन हुने छ । प्रतियोगितामा ६ वटा विधाका खेलहरू समावेश गरिएको छ ।
 

सम्बन्धित खबर