
काठमाडौं : प्रथम सुवर्ण शमशेर स्मृति क्रिकेट लिग प्रतियोगितामा डिएभी क्रिकेट एकेडेमी (ए), हिमालयन क्रिकेट एकेडेमी (ए) र एन्जल्स क्रिकेट एकेडेमी (बी) सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइरिस इभेन्टको आयोजनामा कीर्तिपुरस्थित लेबोरेटरी स्कुल मैदानमा जारी प्रतियोगितामा १३ वर्षमुनिका खेलाडी सहभागी छन् । प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा क्रिकेट प्रशिक्षण सञ्चालन गरिरहेका १६ एकेडेमी आबद्ध टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
बिहीबार भएको पहिलो खेलमा डिएभी क्रिकेट एकेडेमी (ए) ले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । पहिले ब्याटिङ गरेको ग्रेट हिमालयनले निर्धारित १६ ओभरमा ५ विकेट गुमाएर ११० रन बनाएको थियो ।
१११ रनको लक्ष्य पछ्याएको डिएभीले ३ विकेट गुमाएर निर्धारित ओभरभित्रै लक्ष्य पूरा गरेको हो ।
यस्तै दोस्रो खेलमा वन डे क्रिकेट एकेडेमी (ए) ले डिएभी क्रिकेट एकेडेमी (बी) लाई ७२ रनले हराउँदै प्रभावशाली जित दर्ता गर्यो ।
तेस्रो खेलमा एनएस क्रिकेट ग्रुमिङ सेन्टरले रेडियन्ट क्रिकेट एकेडेमीलाई ५८ रनले पराजित गरेको थियो ।