२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सीमित स्रोतका बाबजुद खेलाडीको सम्मानमा कमी हुन दिँदैनौं : खेलकुदमन्त्री

Nada
२०८३ जेठ ७ गते १६:०८
Shares
सीमित स्रोतका बाबजुद खेलाडीको सम्मानमा कमी हुन दिँदैनौं : खेलकुदमन्त्री

काठमाडौं : शिक्षा, खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

ncell

बिहीबार मन्त्रालयमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामनासहित बिदाइ गर्दै उनले यसतो बताएका हुन् । दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीका लागि आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताए ।

मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गरे । टोलीको सुधारोन्मुख खेलले देशको शिर ठाडो पारेको उल्लेख गरे । राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न नसकेकोप्रति आत्मआलोचना गर्दै उपलब्ध सिमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैं प्रयत्नशील रहने बताए ।

टोलीमा अनुभवी र नयाँ खेलाडीहरूको सन्तुलित समिश्रण रहेको प्रति खुसी व्यक्त गर्दै मन्त्रीले वरिष्ठ खेलाडीहरूलाई अनुजहरूलाई मार्गनिर्देशन गर्न र नयाँ खेलाडीहरूलाई अग्रजबाट सिक्न आग्रह गरे । उक्त अवसरमा मन्त्री पोखरेलले चोटका कारण टोलीमा पर्न नसकेका खेलाडीहरूको योगदानको स्मरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । आफ्नो मन्तव्यको अन्त्यमा मन्त्री पोखरेलले टोलीलाई उच्च मनोबलका साथ मैदानमा उत्रन आग्रह गरे । 

बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी, अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रतिनिधि र खेलाडीहरूको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर