२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेपाल स्कटल्याण्डसँग २ रनले पराजित

Nada
२०८३ वैशाख २९ गते १८:२०
Shares
नेपाल स्कटल्याण्डसँग २ रनले पराजित

काठमाडौं : आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डले नेपाललाई २ रनले हराएको छ ।

ncell

डिएलएस मेथडमा २२१ रनको लक्ष्य पाएको नेपालले निर्धारित ३९ ओभरमा ७ विकेट गुमाएर २१८ रनमात्रै बनायो । गुलशन झा ३५ बलमा ६१ रनमा अविजित रहे । यस्तै, दीपेन्द्र सिंह ऐरीले ५५, रोहित पौडेलले ३२, आसिफ शेखले २१ रन जोड्दा करण केसीले १८ रन बनाए ।

बलिङतर्फ स्कटल्याण्डका ब्राड करीले तीन, मार्क वाटले दुई तथा ओलिभर डेभिडसन र ज्याक जार्भिसले एक–एक विकेट लिए ।

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन जोड्यो ।

जर्ज मुन्सीले ७७, माइकल फिन्ले म्याकक्रेथले ३५, इङ्लिसलले अविजित ३४ रन जोड्दा माइकल लिस्कले २९, मार्क वाटले २४ तथा म्याथ्यु क्रसले १८ रन जोडे।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । करण केसी र  नन्दन यादवले २-२ विकेट लिए ।

ताजा खबर

सम्बन्धित खबर