
काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो ।
स्कटल्यान्डका लागि जर्ज मुन्सेले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलमा १२ चौका र २ छक्का प्रहार गरे । फिन्ले म्याक्रिथ ६२ बलमा ३५ रन बनाए ।
ब्रान्डन म्याकमुलेन ७ र कप्तान रिची बेरिङ्टन ५ रन बनाए । म्याथ्यू क्रसले १८, मार्क वाटले २४, माइकल लिस्कले २९ रन बनाए । माइकल इङ्लिस ३४ रनमा अविजित रहे ।
नेपालका लागि सन्दीप लामीछानेले सर्वाधिक ४ विकेट लिए । करण केसी र नन्दन यादवले २–२ विकेट लिए ।