२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

शंकर अग्रवाललाई रिहा गर्ने निर्णय

Nada
२०८२ चैत २२ गते १७:१२
Shares
शंकर अग्रवाललाई रिहा गर्ने निर्णय

काठमाडौँ : व्यवसायी शंकर अग्रवाललाई रिहा गर्ने निर्णय गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई रिहा गर्ने निर्णय गरेको हो । 

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गर्न शुक्रवार राति विभागले उनलाई नियन्त्रणमा लिएको थियो । अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयान लिएर अग्रवाललाई रिहा गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए । 

शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो ।

सम्बन्धित खबर