२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी

Nada
सन्तोष पौडेल ।
२०८२ फागुन २४ गते ०९:११
Shares
खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ : खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन् । राईका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार देवबिक्रम राईलाई पछि पार्दै आरेन विजयी भएका हुन् । आरेनले १६,६१२ मत पाउँदा देवबिक्रमले १२,७१४ मत पाएर विजयी भएका हुन् । नेपाली कांग्रेसका वीरकाजी राईले ११,९५७, नेकपाका हरि रोकाले ९,४४३, रास्वपाका रुद्र गिरीले ५,७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत पाएका मुख्य निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ । 

ncell

यस्तै, जसपाका राकेश राईले ३३७, राप्रपाका दिपक तामाङले ४७७, नेकपा (माओवादी)का चन्द्रबहादुर बुढाथोकीले १८२, जसपा नेपालका सुनिल चाम्लिङले १११, मंगोल नेसनल अर्गनाइजेसनका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत पाएका छन् । स्वतन्त्रका राजकुमार राई २६ र तिलकचन्द्र राईले ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभा तर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल १ लाख ४७ हजार १२० मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो । हालसम्म ३ हजार ९२८ मत बदर भएको थियो । जिल्ला निर्वाचन कार्यालय खोटाङका अनुसार जिल्लाभर रहेका १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्रबाट साथै कारागार र जिल्ला समन्वयसमिती गरि दुई वटा अस्थायी मतदान केन्द्रमा मतदान भएको थियो । फागुन-२१ मा सम्पन्न निर्वाचनमा खोटाङमा शान्तिपूर्ण एवं भएरहित वातावरणमा भएको थियो ।

सम्बन्धित खबर