२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

रुपन्देही– २ मा रास्वपाका खरेल भारी मतले अगाडि

Nada
२०८२ फागुन २२ गते ११:१७
Shares
रुपन्देही– २ मा रास्वपाका खरेल भारी मतले अगाडि

लुम्बिनीः रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ । 

ncell

निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको १०.३० बजेसम्म मत परिणामअनुसार यहाँ १५ हजार ४१३ मतगणना हुँदा सदर भएको १४ हजार ९८६ मतमध्ये रास्वपाका सुलभ खरेलले १० हजार ५१९ मत प्राप्त गरी अग्रता लिएका छन् । 

नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले दुई हजार १९३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले एक हजार २०४ मत प्राप्त गरे । उक्त क्षेत्रमा कूल एक लाख ३५ हजार ५० मतदाता रहेका भएकामा ८६ हजार ५१० मत खसेको थियो ।  

सम्बन्धित खबर