२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मतदानको निर्धारित समय सकियो, सवा ६ बजे पत्रकार सम्मेलन गर्दै आयोग

Nada
२०८२ फागुन २१ गते १७:०४
Shares
मतदानको निर्धारित समय सकियो, सवा ६ बजे पत्रकार सम्मेलन गर्दै आयोग

काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार देशभर सञ्चालन भएको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले ५ बजेसम्म सञ्चालन भएको थियो ।

ncell

निर्धारित समय सकिए पनि केही स्थानमा मतदान केन्द्रभित्र मतदाताहरू लाइनमै रहेकाले त्यस्ता केन्द्रहरूमा मतदान प्रक्रिया अझै जारी रहेको छ ।

निर्वाचन आयोगले मतदानको निर्धारित समय सकिएपछि केहीबेगरमै पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ । पत्रकार सम्मेलनमार्फत देशभर कति प्रतिशत मतदान भयो, कहाँ–कहाँ मतदान स्थगित भयो तथा समग्र निर्वाचन प्रक्रियाबारे जानकारी सार्वजनिक गरिने आयोगले जनाएको छ ।

सम्बन्धित खबर