२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुखानीको स्मरणमा ओलीले भने– फागुन २१ मैले पुनर्जीवन पाएको दिन

Nada
२०८२ फागुन २१ गते १५:४८
Shares
सुखानीको स्मरणमा ओलीले भने– फागुन २१ मैले पुनर्जीवन पाएको दिन

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेलाई आफ्नो जीवनको लागि महत्वपूर्ण दिन भएको उल्लेख गर्दै दुई संयोग सम्झिएका छन् । 

ncell

‘आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।’ 
ओलीले पञ्चायती व्यवस्थामा जेल परेको स्मरण गर्दै झापा आन्दोलनले निरंकुश व्यवस्थाको विरूद्ध विद्रोहको बिगुल फुकेको बताएका छन् । त्यही क्रममा आफूहरुलाई जेल हालिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो।’

ओलीले उतिबेला आफू जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको बताएका छन् । ‘जेल सार्ने बहानामा हत्या गरिन लाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ,’ ओलीले भनेका छन् । 
 

सम्बन्धित खबर