२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन् 

Nada
२०८२ फागुन २१ गते १४:१२
Shares
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन् 

काठमाडौँ : राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएका छैनन् । संविधानका संरक्षकका रूपमा तटस्थता कायम गर्दै उनीहरूले मतदान नगर्ने बताइएको छ । 

ncell

राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

राष्ट्रपति पौडेलले यसअघिका गृह जिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए । 

उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएको प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । उनले यसअघिका निर्वाचनमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए । 

सम्बन्धित खबर