२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

Nada
२०८२ फागुन २० गते ११:३४
Shares
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

पर्साः पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको छ ।

ncell

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जाँच टोलीले पर्साको हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा१०च १२५० नम्बरको गाडीमाथि जाँच गर्दा गाडीको पछाडि डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बक्साभित्र शङ्कास्पद वस्तु फेला पारेर अनुसन्धान भइरहेको जनाएको छ । पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले शङ्कास्पद वस्तुसहित पक्राउ गरेका चारै जनामाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

पक्राउ पर्नेमा ४६ वर्षीय उम्मेदवार चौधरी, बाराको प्रसौनी गाउँपालिका–४ का सहाब आलम अन्सारी, धनुषाको धनुषाधाम नगरपालिका–४ का सुरज कार्की, पर्सागढी नगरपालिका–३ का सत्यनारायण थारू रहेका छन् ।

त्यसैगरी, वीरगन्ज महानगर–१६ स्थित इनर्वागाउँस्थित विशेष सूचनाका आधारमा निर्वाचन लक्षित एकीकृत सुरक्षाकर्मीको संयुक्त टोलीले नौ थान सुतली बमसहित सुँगुरको टाउको एक थान र वाइरिङ तार १० मिटरसहित तीन जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले पक्राउ परेका व्यक्तिउपर विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर र निर्वाचनसम्बन्धी कसुरमा थप अनुसनधान भइरहेको जानकारी दिए ।

सम्बन्धित खबर