२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

२१ गतेसम्मका लागि तातोपानी नाका पूर्णरुपमा बन्द

Nada
२०८२ फागुन १९ गते १२:३७
Shares
२१ गतेसम्मका लागि तातोपानी नाका पूर्णरुपमा बन्द

काठमाडौँ : नेपाल–चीनबीचको उत्तरी तातोपानी नाका पूर्णरूपमा बन्द गरिएको छ । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नाका बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार फागुन २१ गते राती १२ बजेसम्मका लागि नाका बन्द गरिएको छ ।

ncell

‘फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ,निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला कमाण्ड पोष्टको निर्णयअनुसार नाका पूर्णरुपमा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिएका छन् ।

चुनाव सकिएलगत्तै पूर्ववत रुपमा नाका सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै निर्वाचन कार्यको लागि प्रशासन कार्यालयका कर्मचारीहरु मतदान केन्द्रमा खटिएको हुँदा निर्वाचन सम्पन्न नुहँदासम्मको लागि शान्ति सुरक्षा र अत्यावश्यक सेवा वाहेकका सेवा प्रवाह बन्द गरिएको श्रेष्ठले बताए ।

सम्बन्धित खबर