२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

परराष्ट्रमन्त्रीसँग  चिनियाँ राजदूतको भेट

Nada
२०८२ फागुन १३ गते १५:५०
Shares
परराष्ट्रमन्त्रीसँग  चिनियाँ राजदूतको भेट

काठमाडौं : परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेका छन् ।

ncell

मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

आजै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच द्विदेशीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मंगलबार उनीहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर