२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण

Nada
२०८२ फागुन १३ गते १२:५०
Shares
निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण

सुनसरी : निर्वाचनमा खटिने कर्मचारीका लागि जिल्ला सदरमुकाममा पनि १६७ मतदानस्थलमा खटिने कर्मचारीका लागि तालिम सञ्चालन भइरहेको छ ।

ncell

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम इनरुवा-५ स्थित सारदा माविमा आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिए । 

जिल्लामा चार निर्वाचन क्षेत्र रहेको जनाउँदै उनले १६७ मतदानस्थलमा खटिने कर्मचारीलाई निर्वाचन सुरक्षा, लाइन व्यवस्थापनलगायत विषयमा तालिम दिन थालिएको बताए। तालिम शुक्रबार समापन हुने निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित खबर