२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

विभिन्न पार्टीका नेताहरू कांग्रेसमा प्रवेश

Nada
२०८२ फागुन १० गते १८:०८
Shares
विभिन्न पार्टीका नेताहरू कांग्रेसमा प्रवेश

विराटनगर : आफ्नो चुनावी प्रचार कार्यक्रममा रहेका नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं-६ का उमेदवार डा. शेखर कोइरालाले विभिन्न पार्टीका नेताहरूलाई कांग्रेसमा प्रवेश गराएका छन् ।

ncell

विराटनगर-१२ निवासी उर्जाशील पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, नेकपा एसका नेता भिमबहादुर केसी, धिरज ताजपुरिया, सोहिल शेख, अनुराग विश्वकर्मा, बब्लु साह, रिहान राजा, राहुल सहनी, अर्जुन कामत, ऋतिक साह, ऋतिक पासवान, विक्की सहनी, गुणेश्वर कामत, सुन्दरहरैंचा नगरपालिका वार्ड नं-४ का एमालेका स्थानीय नेता माधव घिमिरे, सुन्दरहरैंचा नगरपालिका वडा नं- ६ का राप्रपाका स्थानिय नेता डिबी बिक, राजकुमार बिकलगायत कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुले आफ्नो मौलिकता, धर्म, संस्कृति र संस्कार कांग्रेसले मात्रै बचाउन सक्ने र डा शेखर कोइराला जसरी पनि संसदमा जानैपर्ने भएकाले आफूहरु कांग्रेस प्रवेश गरेको बताए ।

सम्बन्धित खबर