२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए डेढ हजार बढी जनशक्ति

Nada
२०८२ फागुन ८ गते १२:२५
Shares
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए डेढ हजार बढी जनशक्ति

काठमाडौंः सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार ६०० भन्दाबढी जनशक्ति जिल्लामा खटिएका छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट आज देशका विभिन्न जिल्लामा फौज पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

ncell

यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन निर्देशन  दिएका छन् । ‘भर्चुअल’ माध्यममार्फत उनले सशस्त्र प्रहरीका सबै युनिटलाई निर्वाचन सुरक्षालाई अभियानका रूपमा लिई खटिन निर्देशन दिएका हुन् ।

सम्बन्धित खबर