२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार पर्व

Nada
२०८२ फागुन ७ गते १०:२१
Shares
शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार पर्व

काठमाडौँ । शेर्पा समुदायले विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाएका छन् । 

ncell

पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।

पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ। ग्याल्पो ल्होसारको अवसरमा काठमाडौँको सिफलमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ ।

स्याब्रु नृत्य, तुंगना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ। नयाँ वर्षका रूपमा मनाइने यो पर्वले नयाँ आशा, उमंग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ ।

सम्बन्धित खबर