२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

Nada
२०८२ फागुन ६ गते १०:५३
Shares
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

काठमाडौँ : टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपाको अवस्था तनावग्रस्त बनेको छ । 

ncell

बुधबार बिहान बागमती प्रदेश–०१– ००४ क ३४२३ नम्बरको टिपरले बनेपा टेलिकम चोकमा स्कुटरलाई ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् भने प्रहरीमाथि ढुंगामुढा गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

मृतकको पहिचान खुलिसकेको छैन । मृतकको शव बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर