२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अख्तियारको डरले हुनैपर्ने काम रोकिँदा प्रदेश सरकार प्रभावित : मुख्यमन्त्री आचार्य

Nada
सूर्यप्रसाद भुसाल
२०८२ माघ २८ गते २२:०२
Shares
अख्तियारको डरले हुनैपर्ने काम रोकिँदा प्रदेश सरकार प्रभावित : मुख्यमन्त्री आचार्य

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको काममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डरका कारण रोकावट आएको बताएका छन् ।  बुधबार अख्तियारको ३५औं स्थापना दिवसको अवसरमा बुटवलमा आयोजना गरिएको कार्यक्रममा उनले आयोगको २१ बुँदे निर्देशनका कारण कतिपय अनिवार्य काममा बाधा उत्पन्न भएको जिकिर गरे । 

ncell

मुख्यमन्त्री आचार्यले भने, ‘सुशासन प्रवर्धन र भ्रष्टाचार अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले रणनीतिक योजना बनाएर काम अघि बढाइरहेको छ । सात वटा प्रदेशमध्ये लुम्बिनी अग्रस्थानमा छ । तर अख्तियारलाई देखाएर हुनैपर्ने काम नहुँदा सरकार मारमा परेको छ ।’

उनले थपे, ‘सरकारले बजेट छुट्याएको छ, तर कार्यान्वयन हुन सकेको छैन । बेनामे उजुरीको भरमा पटकपटक कर्मचारीले स्पष्टीकरण दिनुपर्दा मनोबल घटेको छ । गल्ती गर्ने कर्मचारीलाई कठघरामा उभ्याउनुपर्छ, तर सबैलाई सताउन हुँदैन ।

मुख्यमन्त्री आचार्यले कतिपय विकास निर्माणका काम पनि अख्तियारको डरले रोकिएको बताए’। ‘अहिले करोडौंको लगानी भइसकेका भवन अधुरा छन्, खेल मैदान बनिरहेका छन्, तर पुर्जा नभएको बहानामा काम रोकिएको छ । सबै अंगहरूले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्छ । अख्तियारले हान्ने हो भने सही ठाउँमा हान्नुपर्छ ।’

उनले भ्रष्टाचारको मुद्दामा राजनीतिक नेतृत्व नै आलोचना भोगिरहेको बताए । दुई–चार जना व्यक्तिले बेठिक काम गरेको हुन सक्छ, तर सबैलाई दोष दिन नमिल्ने उनको भनाइ छ । 

ताजा खबर

सम्बन्धित खबर