२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

निःशुल्क स्वास्थ्य शिविरमा ११ सय बढी लाभान्वित

Nada
कृष्ण तिवारी
२०८२ माघ २४ गते २२:२९
Shares
निःशुल्क स्वास्थ्य शिविरमा ११ सय बढी लाभान्वित

रौतहट : कटहरिया नगरपालिका वडा नम्बर ४ को आयोजनामा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ११ सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । 

ncell

शनिबार कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित जनता माध्यमिक विद्यालयको परिसरमा आयोजना गरिएको उक्त शिविरमा न्यूरो एण्ड जेनरल हस्पिटल, वीरगञ्जका निर्देशक वरिष्ठ चिकित्सक डा.श्याम बाबु प्रसादको नेतृत्वमा आएका विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए । 

वडाध्यक्ष चन्दन कुशवाहाका अनुसार शिविरमा मुटु रोग, छाती तथा दम रोग, हाडजोर्नी, नशा तथा बाथ रोग, स्त्री रोग, बाल रोग, दन्त रोग र सामान्य चिकित्सासहित ७ विधाका विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। साथै बिरामीहरूलाई आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो । 

शिविरमा आवश्यकता अनुसार बिरामीहरूको रक्त परीक्षण, एक्स–रे, मुटु रोगको लागि इसिजी र इको जाँचको व्यवस्थासमेत गरिएको थियो, जसले स्थानीयलाई थप सहजता प्रदान गरेको आयोजकले बताएका छन् । 

स्वास्थ्य शिविर सफल बनाउन जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बिन्देश्वर यादव, वरिष्ठ पत्रकार संजय कुमार मिश्र, मेयर प्रत्याशी नश्रुदिन अन्सारी, योगेन्द्र साह, बिनोद साह तथा कटहरिया नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश यादवलगायतले सहयोग गरेका थिए ।

स्थानीयवासीहरूले आफ्नै क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क उपचार पाउन पाउँदा खुसी व्यक्त गर्दै यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिन माग गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर