२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

Nada
२०८२ माघ २३ गते १७:१९
Shares
राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं : राष्ट्रिय सभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ पारित भएको छ । 

ncell

सभाको आजको बैठकमा प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले राखेको उक्त ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।

त्यसअघि बैठकमा प्रधानमन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीका तर्फबाट कानुन मन्त्री सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।

उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु डा वेदुराम भुसाल, सुमित्रा विसी र रुक्मिणि कोइरालाले भाग लिएका थिए । सो छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले अनुसन्धानलगायत विभिन्न आयामलाई सम्बोधन गर्न उक्त ऐनको आवश्यकता भएको स्पष्ट पारे ।

राष्ट्रिय सभाको अर्को बैठक यही माघ २६ गते सोमबार अपराह्न १ः१५ बजे बस्नेछ ।

ताजा खबर

सम्बन्धित खबर