२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

राष्ट्रिय निकुञ्जसम्बन्धि विद्यमान ऐन तत्काल संशोधन गर्न माग

Nada
२०८२ माघ २३ गते १५:२९
Shares
राष्ट्रिय निकुञ्जसम्बन्धि विद्यमान ऐन तत्काल संशोधन गर्न माग

काठमाडौंः राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय निकुञ्जसम्बन्धि विद्यमान ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्।

ncell

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरु डा. अञ्जान शाक्य, सुमित्रा विसीलगायतका सांसदहरुले सो ऐन समयअनुकूल हुनेगरी तत्काल संशोधन गर्न सरकारलाई सचेत गराएका हुन् । सांसद शाक्यले वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण प्रणालीलाई सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराइन् । उनले राष्ट्रिय निकुञ्ज सम्बन्धि ऐनलाई आजको आवश्यक्ता अनुसार व्यापक संशोधन गरेर अघि बढनुपर्ने जरुरी रहेको बताइन् ।

सांसद विसीले राष्ट्रिय निकुञ्जको काममा बाधा आउने खालको सबै कानुनहरु संशोधन गर्न आवश्यक रहेको बताइन् । उनले निकुञ्ज भित्रको काठको सदुपयोग हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन्। उनले सरकारले स्थानीय तहको रेखदेख हुनेगरी निकुञ्जहरुको संचालन गर्न पनि सरकारसँग आग्रह गरिन् । 

ताजा खबर

सम्बन्धित खबर