२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

साउदीमा कार्यरत गैरे क्यान्सरसँग संघर्षरत, सहयोगको अपिल

Nada
अन्जान गुभाजु
२०८२ माघ २१ गते १५:२४
Shares
साउदीमा कार्यरत गैरे क्यान्सरसँग संघर्षरत, सहयोगको अपिल


साउदी अरबः साउदी अरबस्थित पिज्जा सप नामक कम्पनीमा काम गर्दै आएका पाल्पाका जित बहादुर नेपाली (गैरे) क्यान्सरसँग जीवन–मृत्युको संघर्ष गरिरहेका छन्। हाल ४३ वर्षका गैरे आर्थिक अभावकै बीच उपचाररत छन्।

ncell

पाल्पाको साविक दर्छा गाउँ विकास समिति–१, हाल रामपुर नगरपालिका–३ स्थायी ठेगाना भएका गैरेले साउदी अरबमा श्रम गरी परिवारको भविष्य सुरक्षित गर्ने प्रयास गर्दै आएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि प्रारम्भिक उपचार साउदीमै गरिएको थियो। तर रोग जटिल बन्दै गएपछि थप उपचार सम्भव नभएपछि उनलाई नेपाल ल्याइएको परिवारले जनाएको छ।

हाल उनको भरतपुरस्थित क्यान्सर अस्पतालमा निरन्तर उपचार भइरहेको छ। चिकित्सकका अनुसार उपचार प्रक्रिया लामो र अत्यन्तै खर्चिलो रहेको छ। कमजोर आर्थिक अवस्थाका कारण परिवारलाई उपचार खर्च जुटाउन कठिनाइ भइरहेको छ।

परदेशमा श्रम गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याएका श्रमिकको जीवन बचाउन सबैमा मानवीय सहयोग आवश्यक रहेको भन्दै परिवारले सहयोगको अपिल गरेको छ। ‘सानो सहयोगले पनि एउटा अमूल्य जीवन जोगाउन ठूलो भूमिका खेल्न सक्छ,’ परिवारले भनेको छ ।

गैरेको उपचारका लागि आर्थिक सहयोगकाे अपिल गर्दै परिवारले सबैको सहयोग, सद्भाव र प्रार्थनाले उनलाई नयाँ जीवनको आशा दिलाउने विश्वास व्यक्त गरेको छ ।

आर्थिक संकलन संयोजकः
बीरेन्द्र कुमार चौधरीः ०५४–०५४–७८२९
पदम महतः ०५५–७००–३८२४
 

 

ताजा खबर

सम्बन्धित खबर