२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

इरान जाने योजना नबनाउनू, त्यहाँ रहेका पनि देश छाड्नू : परराष्ट्र मन्त्रालय

Nada
२०८२ माघ १८ गते १६:३१
Shares
इरान जाने योजना नबनाउनू, त्यहाँ रहेका पनि देश छाड्नू : परराष्ट्र मन्त्रालय

काठमाडौं : परराष्ट्र मन्त्रालयले इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली नागरिक तथा इरान जाने तयारीमा रहेकाहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ ।

ncell

आइतबार जारी एड्भाइजरीमार्फत मन्त्रालयले अवस्था सामान्य नहुँदासम्म इरान भ्रमणको योजना नबनाउन अनुरोध गरेको छ । साथै, काम वा बसोबासको सिलसिलामा इरानमा रहेका नेपाली नागरिकलाई पनि सकेसम्म चाँडो सुरक्षित माध्यमबाट स्वदेश फर्किन आग्रह गरिएको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “पछिल्लो विकासक्रमलाई मध्यनजरमा राख्दै अवस्था सामान्य नहुँदासम्म इरान भ्रमण नगर्न नेपाली नागरिकलाई अनुरोध गरिन्छ। त्यहाँ रहेका नेपाली नागरिकलाई पनि सकेसम्म छिटो इरान छोड्न सल्लाह दिइन्छ ।”

यसका साथै, इरानमा रहेका नेपाली नागरिकलाई आकस्मिक अवस्थामा देश छाड्न सहज होस् भनी राहदानी, परिचयपत्रलगायत आवश्यक कागजातहरू सधैं तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ। समन्वय तथा सहयोगका लागि कतारको दोहास्थित नेपाली दूतावास र काठमाडौंस्थित परराष्ट्र मन्त्रालयसँग सम्पर्कमा रहन भनिएको छ ।

ताजा खबर

सम्बन्धित खबर