२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

Nada
२०८२ माघ १५ गते १३:३२
Shares
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्वः हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभरि हिमपात भएपछि सडकको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

ncell

बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो । आज पनि बिहानैदेखि सडकमा जमेको हिउँ पन्छाउन थालिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले बताए । रुकुम पूर्वतर्फको तीन किलोमिटर सडकमा परेको हिउँ पन्छ्याइरहेको उनले बताए ।

बागलुङले पनि आफ्नो क्षेत्रमा परेको हिउँ पन्छाएर सकिएमा मात्र सडक सञ्चालन हुने प्रनाउ यादवले बताए । काठमाडौंबाट रुकुम पूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस हिमपातका कारण पातिहाल्नामा फस्दा यात्रुलाई बुधबार उद्धार गरेर रुकुम पूर्व ल्याइएको थियो भने कतिपयलाई बागलुङको बुर्तिबाङ लगिएको थियो ।  

ताजा खबर

सम्बन्धित खबर