२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पञ्चैबाजा समूहद्वारा लोकबाजा संग्रहालय स्थापना

Nada
२०८२ माघ १५ गते १०:१०
Shares
पञ्चैबाजा समूहद्वारा लोकबाजा संग्रहालय स्थापना

काठमाडौँ : म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजा घर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजा घर निर्माण गरेको हो । 

ncell

समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा  लोकबाजा संग्रहालय स्थापनाका साथै तालिम सञ्चालन गरिने जानकारी दिएका छन् । 

मालिका गाउँपालिकाले सात लाख ७६ हजार रुपैयाँ अनुदान सहयोग गरेको भवन निर्माणका लागि समूहले देउसीभैलो र चन्दा संकलन गरेर जुटाएको थप रु दुई लाख २३ हजार खर्च भएको उनले बताए । 

बिम–मालिका संघको सहयोगमा २०७७ सालका पहिरोपीडितको लागि एकीकृत बस्ती स्थापनाका लागि खरिद भएको जग्गामा भवन निर्माण भएको हो । भवनको गण्डकी प्रदेश सांसद रेशमबहादुर जुग्जालीले बुधवार उद्घाटन गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर