२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

रिपब्लिकमा तालाबन्दीप्रति मिडिया एलायन्सको भर्त्सना

Nada
२०८२ माघ १४ गते २१:२७
Shares
रिपब्लिकमा तालाबन्दीप्रति मिडिया एलायन्सको भर्त्सना

काठमाडौं : नेपाल रिपब्लिक मिडियामा नेपाल पत्रकार महासंघले गरेको तालाबन्दीको मिडिया एलायन्स नेपालले आफ्नो ध्यानाकर्षण भएको भन्दै भर्त्सना गरेको छ । विवादको शान्तिपूर्ण र कानूनी समाधान नै अन्तिम तथा उपयुक्त मार्ग भएको एलायन्सले जनाएको छ ।

ncell

‘प्रचलित कानून तथा संवैधानिक व्यवस्थासमेतको बर्खिलाप हुनेगरी कुनै पनि पत्रपत्रिकाको प्रकाशनमा प्रत्यक्ष अवरोध पुर्‍याउने मनसायसहित भए गरिएका यस्ता कार्यहरुको कुनैपनि अवस्थामा स्वीकार्य हुँदैन,’ एलायन्सका महासचिव दिरेकलाल श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि विवादको समाधान कानूनी प्रक्रियाबाट नै हुने भएकोले अनावश्यक दवाव सृजनाका लागि अन्य तरिकाले गरिने सबै कार्यहरु तथा सोबाट सञ्चार गृहको ख्यातिमा पर्ने हानीको सम्बन्धमा यस संस्थाले गम्भीरतापूर्वक विश्लेषण गरिरहेको छ ।’ 

विधिको शासनलाई उच्च सम्मान गर्दै कार्य गर्नका लागि सम्बन्धित सबैलाई एलायन्सले अनुरोध पनि गरेको छ । सो प्रकाशन गृहमा कर्मचारी र पत्रकारको श्रमसम्बन्धि विवादमा महासंघको नेतृत्वमा व्यवस्थापन कक्षमा तालाबन्दी भएको हो ।

ताजा खबर

सम्बन्धित खबर