२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बालेन शाहलगायतका लागि देशी, विदेशी शक्तिहरूले ठुलो लगानी गरेका छन् : प्रचण्ड

Nada
२०८२ माघ १३ गते १६:२७
Shares
बालेन शाहलगायतका लागि देशी, विदेशी शक्तिहरूले ठुलो लगानी गरेका छन् : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई अघि बढाउन बाह्य शक्तिहरूले ठुलो लगानी गरिरहेको आरोप लगाएका छन् ।

ncell

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीमा चुरे भावर पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । संयोजक प्रचण्डले विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा अघि बढने भन्दा स्टन्टको भरमा लोकप्रिय हुनेहरुलाई देशी, विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको जिकिर गरे ।

उनले मुलुकमा राष्ट्रिय तागतको निर्माण गरी देश र जनताको पक्षमा काम गर्न आफूले कम्युनिष्ट र बामपन्थी शक्तिहरूबीचको एकता अभियानलाई तीव्रता दिनुपरेको समेत बताए । 

संयोजक प्रचण्डले भने, ‘अहिले देशमा विचार, सिद्धान्त, राजनीति, त्याग, तपस्या, बलिदानलाई सम्मान गर्ने, त्यसको कदर गर्ने, त्यसको आधारमा सामाज निर्माणको निमित्त भ्रष्टाचारविरुद्ध अभियान चलाउने, सामाजिक न्यायको पक्षमा अभियान चलाउने र आर्थिक पछौटेपनको विरुद्ध आर्थिक विकास निम्ति अभियान चलाउने भन्दा पनि स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी, विदेशी शक्तिहरूले ठुलो लगानी गरेको तपाईं हामीले देखेका छौं । हामीले इतिहासको सम्मान गर्ने, विचारको सम्मान गर्ने, राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्ने ऐतिहासिक आवश्यकता महसुस गरेर नै नेपाली कम्युनिष्ट पार्टी निर्माण प्रक्रियालाई र ध्रुवीकरण र एकताको प्रक्रियालाई अगाडि बढाएका हौं ।’

संयोजक प्रचण्डले कम्युनिष्ट, देशभक्त शक्तिहरूको एकता प्रक्रियाले मात्रै मुलुकलाई संकटबाट जोगाउने भएकाले सम्बन्धित सबै पक्षले आफूहरूको पार्टी एकता प्रक्रियामा समाहित भएर अघि बढ्नु जरुरी रहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर