२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कांग्रेसको उम्मेदवार चयनप्रति जनसम्पर्क समिति मलेसियाको स्वागत, चुनावी सहयोगको घोषणा

Nada
तिलोचन गौतम
२०८२ माघ ११ गते १७:२४
Shares
कांग्रेसको उम्मेदवार चयनप्रति जनसम्पर्क समिति मलेसियाको स्वागत, चुनावी सहयोगको घोषणा

काठमाडौं : नेपाली जनसम्पर्क समिति मलेसियाले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापासहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय समिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

ncell

समितिले प्रतिनिधिसभा निर्वाचनमा नेपाली जनसम्पर्क समितिलाई प्राथमिकता दिँदै पहिलो पटक प्रत्यक्ष उम्मेदवार चयनको सुरुवात गर्नु पार्टी नेतृत्वको ऐतिहासिक निर्णय भएको उल्लेख गरेको छ । यसका लागि नेपाली कांग्रेसका केन्द्रीय सभापति, पदाधिकारी तथा केन्द्रीय समितिप्रति धन्यवाद तथा आभार व्यक्त गरिएको छ ।

यसैक्रममा नेपाली जनसम्पर्क समिति अमेरिका का सभापति तथा युवा नेता गोरखबहादुर बिष्ट (आनन्द बिष्ट) लाई आगामी प्रतिनिधि सभा निर्वाचनमा कैलाली–४ क्षेत्रबाट नेपाली कांग्रेसको उम्मेदवार चयन गरिनु प्रवासी नेपाली समुदायका लागि गौरवको विषय भएको समितिको भनाइ छ । 

उम्मेदवार चयनसम्बन्धी खबरले विश्वभर रहेका नेपाली जनसम्पर्क समितिका नेता–कार्यकर्ता तथा प्रवासी नेपाली समुदायमा नयाँ उत्साह र ऊर्जा थपिएको समितिले जनाएको छ ।

यसैबीच, नेपाली जनसम्पर्क समिति मलेसियाको बैठकले देशभरका १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई विजयी गराउन प्रचार–प्रसारदेखि आवश्यक सबै किसिमको सहयोग गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको छ ।

त्यसैगरी मलेसियाबाट १५औं महाधिवेशन प्रतिनिधिमा चोलाकान्त पंगेनी, बिनोदबहादुर थापा, राकेशप्रसाद महतो, हरिप्रसाद कोइराला, डम्बर ओखेडा, घनश्याम चौधरी (आरएन) र देवराज घिमिरे (डेभिट) सर्वसम्मत चयन भएका छन् ।

महासमिति सदस्यमा चोलाकान्त पंगेनी, बिनोदबहादुर थापा र राकेशप्रसाद महतो चयन भएको नेपाली जनसम्पर्क समिति मलेसियाका महामन्त्री सरोज दाहालले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर