२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

आज उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

Nada
२०८२ माघ ११ गते ०८:३५
Shares
आज उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । 

ncell

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । पूर्वी तथा मध्यतराई भू-भागका केही स्थानमा बिहानीपख हुस्सु रहनेछ ।

त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर