२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अस्मिता थापा ओखलढुंगा जिल्लाकै सर्वाधिक लोकप्रिय उम्मेदवार रहेको एमाले नेता सुनुवारको दावी

Nada
२०८२ माघ १० गते १७:२८
Shares
अस्मिता थापा ओखलढुंगा जिल्लाकै सर्वाधिक लोकप्रिय उम्मेदवार रहेको एमाले नेता सुनुवारको दावी

ओखलढुंगा : नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद यज्ञराज सुनुवारले ओखलढुंगाबाट प्रतिनिधिसभाको उम्मेदवार रहेकी नेतृ अस्मिता थापा जिल्लाको हकमा युवा पुस्ताका बीचमा सर्वाधिक लोकप्रिय उम्मेदवार रहेको दाबी गरेका छन् ।

ncell

उनले सधैं एउटै व्यक्तिले अवसर पाउने कुरा एमालेजस्तो पार्टीमा असम्भव रहेको भन्दै विगतमा एमालेले महत्वपूर्ण जिम्मेवारीमा पुर्याएका कतिपय व्यक्तिको कर्म र अभिव्यक्तिबाट भने आफूहरु अचम्मा परेको टिप्पणी गरेका छन् । सुनुवारले शनिबार एक अपिल जारी गर्दै अनेकौं षड्यन्त्रका बीच एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने निश्चित रहेको पनि दाबी गरेका छन् ।

उनले नेकपा एमाले ओखलढुंगा यतिबेला आगामी फाल्गुन २१ गते हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचनमा ऐतिहासिक विजयको लक्ष्य सहित अघि बढी रहेको  उल्वेख गर्दै भने, “यतिबेला हाम्रो विजयी यात्रालाई रोक्न भित्र अनि वाहिरवाट अनेकन षड्यन्त्र भईरहेका छन् । हाम्रो पार्टीले यस निर्वाचनमा पहिलो पटक एक जना शशक्त महिला,युवा उम्मेदवार कमरेड अस्मिता थापालाई अघि सारेको सर्वविदितै छ । उहाँ ,ओखलढुंगा जिल्लाको हकमा युवा पुस्ताका विचमा सर्वाधिक लोकप्रिय उम्मेदवारका रुपमा हामीले बुझेका छौ ।”

ताजा खबर

सम्बन्धित खबर