२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

रेशम चौधरीको उम्मेदवारी खारेज

Nada
२०८२ माघ ८ गते १८:११
Shares
रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । 

ncell

उनीविरुद्धको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेजीको निर्णय गरेको हो ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय काटेका र पछि राष्ट्रपतिबाट आममाफी पाएका चौधरीको उम्मेदवारीका विरुद्धमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले कानुनी प्रावधानलाई टेक्दै यस्तो फैसला सुनाएको हो ।

चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।

ताजा खबर

सम्बन्धित खबर