२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

रौतहट-१ बाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी दर्ता

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ माघ ६ गते १८:३८
Shares
रौतहट-१ बाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी दर्ता

रौतहट : ​नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

ncell

उनले मंगलबार रौतहटको सदरमुकाम गौरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारी दर्ता गराएका हुन् ।

समर्थक, नेता तथा कार्यकर्ताहरूको ठुलो र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका नेता नेपालले निर्वाचन अधिकृतको रोहबरमा आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारी दर्ता गराएका हुन् ।

​नेता नेपाल यसअघि पनि रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू यस क्षेत्रको विकास र अधुरा योजनाहरू पूरा गर्न पुनः चुनावी मैदानमा आएको बताए ।

उनले भने, ​"मैले यस क्षेत्रको विकास र राष्ट्रको समृद्धिका लागि विगतमा गरेका योगदानहरू यहाँका आम मतदातालाई सर्वविदितै छ । मलाई विश्वास छ, यसपटक पनि यहाँका जनताले मलाई आफ्नो अमूल्य मतदान गरी विजयी बनाउनुहुनेछ ।"

निर्वाचन कार्यालय गौरका अनुसार मंगलबार अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले पनि उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।

ताजा खबर

सम्बन्धित खबर