२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बालेनले देश बनाउँछ : रवि लामिछाने

Nada
२०८२ माघ ५ गते १७:००
Shares
बालेनले देश बनाउँछ : रवि लामिछाने

जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको पहिलो भेटपछि आफूमा ‘अब देश बन्छ’ भन्ने गहिरो विश्वास पैदा भएको बताएका छन् ।

ncell

सोमबार जनकपुरधाममा आयोजित चुनावी घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले बालेनसँगको पहिलो भेटमै पाँच मिनेटभित्रै सहकार्य सम्भव हुने यकिन भएको उल्लेख गरे ।

‘बालेनसँग भेट भएको पाँच मिनेटमै थाहा भयो- हामी सँगै हिँड्न सक्छौं । वार्ता त पाँच मिनेटमै सकियो, बाँकी समय एकअर्कालाई चिन्नमै बित्यो,’ उनले भने, ‘त्यही दिनदेखि मलाई विश्वास भएको थियो, बालेनले यो देश बनाउँछ ।’

लामिछानेले बालेनसँगको पहिलो भेटपछि घर पुगेर आफ्नी स्वर्गीय आमाको फोटोसँग कुरा गरेको प्रसंग पनि सभामा सुनाए ।

‘पहिलो भेटपछि घर गएर मैले मेरी स्वर्गीय आमाको फोटोसँग कुरा गरें । मेरी श्रीमती पनि त्यहीँ थिइन्,’ उनले भने, ‘मैले भनें- आमा, अब देश बालेनले बनाउँछ । हाम्रा सपना बालेनले पूरा गर्छ । मलाई त्यही दिनदेखि यो विश्वास पैदा भएको हो ।’

सभामा उनले आफूलाई मुद्दा लगाइएर जेल जानुपरे पनि नडराएको बताए ।

‘बच्चालाई टाउको र छातीमा गोली ठोकेर हेलिकोप्टरमा भाग्ने सरकारले मलाई मुद्दैमुद्दा लगाएको छ । म जेल जान पनि सक्छु,’ उनले भने, ‘तर मलाई अब कुनै चिन्ता छैन । किनभने हामीसँग बालेन छ । यो देश बनाउन बालेन आएको छ । बालेनले हामीमाथि भएका सबै अन्यायको हिसाब लिनेछ ।’

ताजा खबर

सम्बन्धित खबर