२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

Nada
तेज बन
२०८२ माघ ४ गते १७:४७
Shares
धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

इटहरी : धरानको जिरो प्वाइन्टमा आइतबार दिउँसो बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । 

ncell

भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको ‘इन्टरनेशनल टेम्स एकेडेमी’ लेखिएको बस अनियन्त्रित भइ श्रीकृष्ण प्रणामी मन्दिरको सटरमा रहेको न्यु सभा मेडिकलमा ठोक्किँदा दुर्घटना भएको हो । 

दुर्घटनामा मृत्यु भएकाहरूको हालसम्म पहिचान खुल्न सकेको छैन । घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी विष्णुबाबु राईले जानकारी दिएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर