२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गगनलाई सभापति बनाएर सकियो कांग्रेस विशेष महाधिवेशन

Nada
२०८२ पुष ३० गते २३:४४
Shares
 गगनलाई सभापति बनाएर सकियो कांग्रेस विशेष महाधिवेशन

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।

ncell

भृकुटीमण्डमा पुस २७ देखि सुरु भएको विशेष महाधिवेशनले कांग्रेसको सभापतिमा गगनलाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो ।

उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली (स्नेही), आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर